बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी र माओवादीले छिट्टै एकता गर्ने

नवलपुर टुडे


काठमाडौं, पुस २४ । नेपाल समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबीच एकताका लागि गृहकार्य भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, सहअध्यक्ष गंगानारायण श्रेष्ठसहितले प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरी पार्टी एकताका विषयमा कुराकानी गरेका थिए ।
भेटमा दुई पार्टीबीच एकता, पुस २६ मा सरकारलाई विश्वासको मत दिने विषय र प्रदेश सरकार गठनलगायत समसामयिक विषयमा छलफल भएको नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले बताए । माओवादी केन्द्र र नेसपाबीचको पार्टी एकताको तयारी भइरहेको छ ।
गत मंसिरको चुनावमा नेपाल समाजवादीका उम्मेदवारहरू पनि माओवादी केन्द्रको चुनाव चिन्ह लिई उठेका थिए । समानुपातिकतर्फ उम्मेदवार पनि माओवादीकै बन्दसूचीमा समावेश गरिएको थियो । नेपाल समाजवादी र माओवादीबीच कार्यदल बनाएर पार्टी एकता छिट्टै गर्ने समझदारीसमेत बनेको छ ।
यी दुई पार्टी एक भएमा प्रचण्ड र बाबुराम पुन: एकै पार्टीमा हुनेछन् । बाबुरामले ७ वर्षअघि माओवादी छाडेका थिए । माओवादीले वाम एकताको पहलका लागि उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेतसहित वार्ता टोली बनाएको छ ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















