सर्वदलीय बैठक सुरु

नवलपुर टुडे
२०७९ पुस २२ | मध्यान्ह ०२:०९ बजे

काठमाडौं, पुस २२ । प्रतिनिधि सभाका जेष्ठ सदस्य पशुपतिशमशेर जबराले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको हो ।
बैठकमा सभाको पहिलो बैठकका एजेण्डाबारे छलफल भइरहेको छ । बैठकमा पार्टीका अध्यक्ष, प्रमुख सचेतक / प्रतिनिधिहरु सहभागी छन् ।
बैठकले प्रतिनिधिसभाको नियमावली अनुमोदन, सभामुख चयन, संसदमा राष्ट्रपतिको सम्बोधन, सरकारले विश्वासको मत लिने तयारीलगायत विषयमा छलफल गर्ने बताइएको छ ।
संघीय संसदको पहिलो बैठक पुस २५ गते सोमबारका लागि बोलाइएको छ ।






















