मधेस प्रदेश सभाका स्वतन्त्र सांसद महतो माओवादीमा प्रवेश

नवलपुर टुडे
२०७९ पुस १४ | बिहान ०९:०९ बजे

सर्लाही, पुस १४ । मधेस प्रदेश सभामा सर्लाही ३ (क) बाट निर्वाचित स्वतन्त्र सांसद् जवाहर महतो नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
बुधबार प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महतोलाई पार्टी प्रवेश गराएका हुन् । यससँगै मधेस प्रदेशसभामा माओवादी केन्द्रका सांसदको संख्या ९ पुगेको छ ।
मधेसमा ६ जना स्वतन्त्र सांसद छन् । तीमध्ये थप २ जना पनि माओवादी प्रवेशको तयारीमा छन् ।






















