जसपा संसदीय दलको नेतामा यादव निर्विरोध चयन

नवलपुर टुडे
२०७९ पुस १३ | मध्यान्ह ०१:०९ बजे

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध चयन भएका छन् ।
दलको नेता चयन गर्न आज भएको चुनावी प्रक्रियामा बारा २ बाट निर्वाचित यादवको मात्र मनोनयन दर्ता भएकाले उनी निर्विरोध निर्वाचित भएका हुन् ।
संसदीय दलको नेतामा दाबी गर्दै आएका अशोक राई र राजकिशोर यादव पछि हटेपछि रामसहायप्रसाद यादव निर्विरोध भए । प्रतिनिधिसभामा जसपाका १२ सांसद रहेका छन् ।






















