राजनीति

ज्योतिषीलाई साइत हेराएर आज बालुवाटार सर्दै प्रधानमन्त्री प्रचण्ड

नवलपुर टुडे
२०७९ पुस १३ | मध्यान्ह ०१:०९ बजे

काठमाडौँ, पुस १३ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सरकारी निवास बालुवाटार सर्ने भएका छन् ।

ज्योतिषीलाई साइत हेराएर बेलुकी ५ बजे निजी निवास खुमलटारबाट परिवारसहित बालुवाटार सर्ने प्रचण्डको सचिवालय स्रोतले बतायो । स्रोतका अनुसार प्रचण्ड बालुवाटारकै ज्योतिष टीकाराम घिमिरेसँग साइत हेराएर सर्न लागेका हुन् ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उनीसँग साइत हेराएर आजै बालुवाटार छाडी धुम्वाराहीमा सरेका छन् ।

कमेन्टहरु