राजनीति

नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बित

नवलपुर टुडे
२०७९ पुस १२ | मध्यान्ह ०५:०९ बजे

काठमाडौं, पुस १२ । भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरूङ निलम्बित भएका छन् ।

संघीय संसद् सचिवालयले मंगलबार सूचना जारी गर्दै अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दा किनारा नलागेसम्म गुरुङको सांसद पद स्वतः निलम्बनमा परेको जनाएको हो ।

मनाङबाट निर्वाचित सांसद गुरुङ पुस ८ गतेदेखि स्वतः निलम्बन भएको संसद सचिवालयले जनाएको छ । उनले पुस ७ गते सांसदको शपथ ग्रहण गरेका थिए ।

कमेन्टहरु