कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

नवलपुर टुडे
२०७९ पुस १२ | मध्यान्ह ०४:०९ बजे

काठमाडौं, पुस १२ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पौष २२ गते शुक्रबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।
बैठक ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ । बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा गरिने मुख्य सचिव पौडेलले जानकारी दिए ।
यस्तै समसामयिक राजनीतिका सन्दर्भ, विविध विषयमा छलफल हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।























