राजनीति

दाहालको नेतृत्वमा तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन

नवलपुर टुडे
२०७९ पुस ११ | मध्यान्ह ०४:०९ बजे

काठमाडौं, पुस ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित ८ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

सोमबार राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । शपथ लिनेहरूमा उपप्रधानमन्त्रीत्रय विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात र लामिछानेले गृह मन्त्रीको रूपमा शपथ लिएका हुन् ।

मन्त्रीका रूपमा शपथ लिनेहरूमा दामोदर भण्डारी, राजेन्द्र राई, अब्दुल खान र ज्वालाकुमारी साह छन् । उनीहरूको भने मन्त्रालय तोकिएको छैन । आज पहिलो चरणमा मन्त्रिपरिषद् गठन गरिएको र पछि मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ ।

कमेन्टहरु