प्रधानमन्त्रीको शपथ ग्रहणका लागि दौरासुरुवालमा शितल निवास पुगे प्रचण्ड

नवलपुर टुडे
२०७९ पुस ११ | मध्यान्ह ०४:०९ बजे

काठमाडौँ, पुस ११ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सपथ ग्रहणका लागि राष्ट्रपति भवन शितल निवास पुगेका छन् ।
केही बेरमा तेस्रो पटक प्रधानमन्त्रीका रूपमा प्रचण्डको शपथ ग्रहण हुँदैछ । उनले यसपटक दौरा सुरुवाल लगाएर शपथ लिन लागेका छन् ।
यसभन्दा अघि २ पटक प्रधानमन्त्री बन्दा अध्यक्ष दाहालले भादगाउँले टोपीसहित कोट-पेन्टमा शपथ ग्रहण गरेका थिए ।






















