एमालेबाट विष्णु पौडेलसहित ४ जना मन्त्रीले आजै सपथ लिँदै

नवलपुर टुडे
२०७९ पुस ११ | मध्यान्ह ०३:०९ बजे

काठमाडौँ, पुस ११ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी सरकारमा सहभागी हुने भएको छ । पार्टीले उपाध्यक्ष पौडेलको नेतृत्वमा ४ जना मन्त्रीलाई सरकारमा पठाउन लागेको हो ।
पौडेलसँगै मधेश प्रदेशकी ज्वालाकुमारी साह, सुदूरपश्चिमका दामोदर भण्डारी र प्रदेश १ का राजेन्द्र राईलाई आजै सरकारमा सहभागी गराउने नेकपा एमालेको तयारी छ । पौडेलबाहेक अन्यको मन्त्रायले टुंगो लागेको छैन ।
यस्तै नेकपा माओवादीले पनि नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ । यता सत्ता साझेदार अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि उपप्रधानमन्त्रीसहित गृहमन्त्रालयमा दाबी गरेका छन् ।






















