उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीको दाबी

नवलपुर टुडे
२०७९ पुस ११ | मध्यान्ह ०२:०९ बजे

काठमाडौं, पुस ११ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा आफ्नो दाबी रहेको बताएका छन् ।
आज नयाँ बानेश्वरमा बसेको सत्ता गठबन्धनको बैठकमा सहभागी भएर बाहिरिँदै गर्दा सभापति लामिछानेले संचारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै उपप्रधानसहित गृह मन्त्रीमा आफ्नो दाबी रहेको प्रतिक्रिया दिएका हुन् ।
प्रतिनिधि सभामा रास्वपाबाट २० जना सांसद छन् । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज शपथ लिँदैछन् । शपथसँगै प्रधानमन्त्रीले सानो आकारमा मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको पनि लामिछानेले जानकारी दिए ।






















