राजनीति

देउवाले दिए प्रचण्डलाई बधाई

नवलपुर टुडे
२०७९ पुस ११ | बिहान ११:०९ बजे

काठमाडौं, पुस ११ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएका छन् । 

देउवाले सोमबार बिहान माओवादी पदाधिकारी बैठक चलिरहेका बेला प्रचण्डलाई फोन गरेर बधाई दिएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले हुन् । ‘कांग्रेसका नेताहरूले फोन गर्नुभयो, बधाई दिनुभयो । भर्खर शेरबहादुर देउवाले पनि बधाई दिनुभयो’, महराले भने,‘रामचन्द्र पौडेल त खुलेर बोल्नुभयो, देउवाको हठले गठबन्धन टुट्यो भन्नुभयो ।’

प्रवक्ता महराले पदाधिकारी बैठकपछि कांग्रेसलाई पनि प्रधानमन्त्री स्वीकार्य भएको अभिव्यक्ति दिए । बैठकले नेता नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाई सरकारमा पठाउने निर्णय पनि गरेको छ ।

कमेन्टहरु