राजनीति

माओवादीबाट उपप्रधानमन्त्रीमा श्रेष्ठको नाम सिफारिस

नवलपुर टुडे
२०७९ पुस ११ | बिहान १०:०९ बजे

काठमाडौं, पुस ११ । नेकपा माओवादी केन्द्रले पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीका लागि सिफारिस गरेको छ ।

पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले पहिलो चरणको मन्त्रीमण्डलमा श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने प्रस्ताव गठबन्धन बैठकमा लैजाने निर्णय गरेकाे हाे । सत्ता गठबन्धनको बैठक अहिले केही बेरपछि बस्दै छ ।

श्रेष्ठलाई कुन मन्त्रालय दिने भन्ने विषयकाे टुंगाे गठबन्धन बैठकपछि लाग्नेछ । बैठकमा नयाँ मन्त्रिमण्डल गठन लगायतका विषयमा छलफल हुनेछ ।

कमेन्टहरु