राजनीति

नवनियुक्त प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय पोसाकमा शपथ लिने

नवलपुर टुडे
२०७९ पुस ११ | बिहान १०:०९ बजे

काठमाडौं, पुस ११ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय पोसाक (दौरा–सुरुवाल) लगाएर शपथ लिने भएका छन् । शपथ ग्रहण समारोहमा प्रचण्ड दौरा–सुरुवाल लगाएर सहभागी हुने खुमलटार स्रोतले जनाएको हो । 

यसअघि दुई पटक प्रधानमन्त्री भइसकेका उनले पहिलो पटक दौरा–सुरुवाल लगाएर शपथ लिन लागेका हुन् । स्रोतका अनुसार प्रचण्डलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय पोसाकमा शपथ लिन सुझाव दिएका थिए ।  

हिजो सोहखुट्टेका एक टेलरलाई बोलाएर दौरा सिलाउन लगाइएको छ । माओवादी मन्त्रीले पनि दौरा सुरुवालमै शपथ खाने छन् ।

कमेन्टहरु