राजनीति

चीनद्वारा प्रचण्ड प्रधानमन्त्री नियुक्त लगतै बधाई

जगत ठाडा मगर
२०७९ पुस १० | मध्यान्ह ०९:०९ बजे

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त पश्चात चीनले बधाई दिएको छ । 

नेपालस्थित चिनियाँ दूतावासले ट्वीटरमार्फत प्रचण्डलाई बधाई दिएको हो ।

‘अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपालको ४४औं प्रधानमन्त्रीमा निर्वाचन हुनुभएकोमा हार्दिक बधाई ।’, दूतावासले भनेको छ।

आजै साँझ एमालेसहितका दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

कमेन्टहरु