राजनीति

प्रचण्डलाई बधाई दिंदै बाबुराम भट्टराईले भने ‘अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस्’

नवलपुर टुडे
२०७९ पुस १० | मध्यान्ह ०५:०९ बजे

काठमाडौ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बधाई दिएका छन्।

संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीका लागि सिफारिस भएकोमा उनले प्रचण्डलाई बधाई दिएका हुन् । भट्टराईले नेपाली कांग्रेसको अडानमा असन्तुष्टि जनाउँदै कांग्रेस नेतृत्वले सही निर्णय लिन नसकेकाे आशय व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘नयाँ राजनीतिक समीकरणको तर्फबाट संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष सिफारिस हुनुभएका क. प्रचण्डलाई हार्दिक बधाई, अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस्।’

कमेन्टहरु