माओवादीको संसदीय दलको नेतामा प्रचण्ड, हितराज पाण्डे प्रमुख सचेतक

नवलपुर टुडे
२०७९ पुस ७ | मध्यान्ह ०४:०९ बजे

काठमाडौं, पुस ७ । नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत चयन भएका छन् ।
पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आज बसेको पदाधिकारी बैठकले प्रचण्डलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो । त्यस्तै सचिव हितराज पाण्डेलाई प्रमुख सचेतक बनाउने निर्णय गरिएको एक नेताले जानकारी दिए ।
उनका अनुसार संसदीय दलको उपनेता र अन्य जिम्मेवारीबारे पछि निर्णय गरिने छ । पदाधिकारीको बैठकको निर्णय केहीबेरमा बस्ने संसदीय दलको बैठकमा पेस गर्ने बताइएको छ ।






















