प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले लिए शपथ

नवलपुर टुडे
२०७९ पुस ७ | मध्यान्ह ०२:०९ बजे

काठमाडौं, पुस ७ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा नवनिर्वाचित सांसदहरूलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । ज्येष्ठ सदस्य जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए । आज उनले प्रतिनिधि सभाका २७४ सांसदहरूलाई शपथ गराए ।
शपथ लिएसँगै नवनिर्वाचित जनप्रतिनिधिहरू वैधानिक रुपमा सांसद भएका छन् । उनीहरूलाई सांसदले लगाउने लोगो प्रदान गरिएको छ ।






















