ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले बोलाए सर्वदलीय बैठक

नवलपुर टुडे
२०७९ पुस ६ | मध्यान्ह ०४:०९ बजे

काठमाडौं, पुस ६ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सर्वदलीय बैठक बोलाएका छन् । राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ लिएलगत्तै संघीय संसद्को सचिवालय पुगेका राणाले भोलि बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् ।
भोलि १२ बजे संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिलाई सर्वदलीय बैठकमा बोलाइएको संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधि र स्वतन्त्र सांसदलाई बोलाइएको छ । बैठक शंकर हलमा हुनेछ ।
बैठकपछि ज्येष्ठ सदस्य राणाले प्रतिनिधि सभाका निर्वाचित सांसदहरूलाई पद तथा गोपनियताको शपथ गराउनेछन् ।






















