राजनीति

ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले राष्ट्रपतिबाट लिए शपथ

नवलपुर टुडे
२०७९ पुस ६ | मध्यान्ह ०३:०९ बजे

काठमाडौं, पुस ६ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार दिउँसो एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनले शपथ लिएका हुन् । 

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनालगायतको उपस्थिति रहेको थिए । राणाले शपथ लिएसँगै उनले प्रतिनिधिसभाका अन्य सदस्यहरुलाई बिहीबार शपथ गराउने कार्यक्रम रहेको छ ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ । सभामुख चयन नभएको अवस्थामा प्रतिनिधिसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अरु सदस्यलाई शपथ दिलाउनुपर्छ ।

सो व्यवस्थाअनुरुप ज्येष्ठ सदस्य राणाले नयाँ बानेश्वरस्थित संसद् भवनमा नवनिर्वाचित अन्य सदस्यलाई भोलि दिउँसो १ बजे शपथ गराउने संघीय संसद् सचिवालयले जनाएको छ ।

कमेन्टहरु