राजनीति

सांसदलाई राष्ट्रिय पोशाकमा शपथ लिन ओलीको निर्देशन

नवलपुर टुडे
२०७९ पुस ६ | मध्यान्ह ०१:०९ बजे

काठमाडौं, पुस ६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदलाई अनिवार्य रूपमा राष्ट्रिय पोशाकमा शपथ लिन निर्देशन दिएका छन् ।

मंगलबार संसदीय दलको नेतामा सर्वसम्मत चयन भएपछि ओलीले सांसदहरुलाई राष्ट्रिय पोशाक र नेपाली भाषामै शपथ लिन निर्देशन दिएको सांसद टोपबहादुर रायमाझीले जानकारी दिए । ‘अध्यक्षज्यूले राष्ट्रिय पोशाकमा शपथ लिनका निम्ति निर्देशन दिनुभएको छ ।’ रायमाझीले भने ‘शपथको भाषा भने मातृभाषा वा नेपाली भाषा भन्ने छ,’

प्रतिनिधि सभामा निर्वाचित सांसदहरुको शपथ ग्रहण भोलि दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा हुँदैछ । उनीहरुलाई ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले शपथ खुवाउने छन् । जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार दिउँसो चार बजे शपथ लिँदैछन् ।

कमेन्टहरु