राजनीति

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

नवलपुर टुडे
२०७९ पुस ६ | बिहान ११:०९ बजे

काठमाडौं, पुस ६ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । 

आज बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा भएको मतदानमा देउवाले ६४ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । यस्तै उनका प्रतिस्पर्धी गगन थापाले २५ मत प्राप्त गरे । 

कांग्रेस संसदीय दलको नेता चयनका लागि ८९ सांसदले मतदान गरेका थिए । 

कमेन्टहरु