कांग्रेसको मतदान सकियो, केहीबेरमा गणना सुरु हुने

नवलपुर टुडे
२०७९ पुस ६ | बिहान १०:०९ बजे

काठमाडौं, पुस ६ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको मतदान सकिएको छ ।
निर्धारित समयभित्रै मतदान सम्पन्न भएको निर्वाचन समितिका सदस्य प्रकाश स्नेहीले जानकारी दिए । उनका अनुसार सबै मत खसिसकेको छ । अब मुचुल्का तयार पारेर १०–१५ मिनेटमै गणना सुरु गर्ने छ ।
कांग्रेस संसदीय दलको नेताका लागि शेरबहादुर देउवा र गगन थापा प्रतिष्पर्धामा छन् ।






















