राप्रपाको संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन चयन

नवलपुर टुडे
२०७९ पुस ५ | मध्यान्ह ०४:०९ बजे

काठमाडौं, पुस ५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन् ।
पार्टी प्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष लिङ्देन सर्वसम्मत रूपमा पार्टी संसदीय दलको नेता चयन भएको जानकारी दिए । दल नेता चयन गर्न आज राप्रपाले संसदीय दलको बैठक राखेको थियो ।
राप्रपाले गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा प्रत्यक्षमा ७ र समानुपातिकमा ७ गरी १४ सीट जितेको छ ।






















