राजनीति

संसदीय दलको नेताका लागि देउवा र थापाको मनोनयन दर्ता

नवलपुर टुडे
२०७९ पुस ५ | मध्यान्ह ०३:०९ बजे

काठमाडौं, पुस ५ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा शेरबहादुर देउवा र गगन थापाले मनोनयन दर्ता गराएका छन् । मंगलबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेर देउवा र गगनले आ-आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

सभापति देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का छन् । यस्तै महामन्त्री गगन थापाको प्रस्तावकमा शेखर कोइराला तथा समर्थकमा धनराज गुरूङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल छन् ।

संसदीय दलको नेताका लागि आज (मंगलबार) दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता गरिसक्नुपर्ने कार्यतालिका छ । आजै साढे ३ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुनेछ । बेलुका ४ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन पाइनेछ भने साढे ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन पाइनेछ ।

मंगलबार बेलुका पौने ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि भोलि बिहान ८ बजेदेखि १० बजेसम्म संसदीय दलको नेताका लागि मतदान हुनेछ ।

कमेन्टहरु