राजनीति

देउवाविरुद्ध गगन थापा लड्ने, प्रस्तावकमा शेखर, समर्थकमा धनराज र विश्वप्रकाश

नवलपुर टुडे
२०७९ पुस ५ | मध्यान्ह ०२:०९ बजे

काठमाडौं, पुस ५ । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् । काठमाडौंको एक होटलमा आज बसेको बैठकले गगनलाई दलका नेताका रूपमा अगाडि बढाउने सहमति गरेको हो ।

थापाको प्रस्तावकमा शेखर कोइराला तथा समर्थकमा धनराज गुरूङ र विश्वप्रकाश शर्मा रहेका छन् । कोइरालाले पनि यसअघि संसदीय दलको नेतामा दाबी गर्दै आएका थिए । इतरसमूहमा लामो प्रयासपछि थापाको नाममा सहमति जुटेको हो ।

कांग्रेस दलको निर्वाचनका लागि आज दिउँसो २ देखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । भोलि निर्वाचन हुनेछ । संस्थापन पक्षबाट देउवाले नै आकांक्षा उम्मेदवार हुनेछन् ।

photo 2022 12 20 14 00 32

कमेन्टहरु