राजनीति

एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै

नवलपुर टुडे
२०७९ पुस ४ | बिहान ०८:०९ बजे

काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ । उपमहासचिव प्रकाश ज्वालाका अनुसार संसद दलको नेता, उपनेता, प्रमुख सचेतक चयन लगायतका विषयमा बैठकमा छलफल हुनेछ ।

एकीकृत समाजवादीमा सर्वसम्मतीले दलको नेतामा अध्यक्ष माधव नेपाल नै चयन हुने सम्भावना छ । बैठकमा नयाँ सरकार गठनबारे दलहरुबीच भइरहेको छलफलबारे अध्यक्ष नेपालले जानकारीसमेत गराउने एक नेताले जानकारी दिए ।

कमेन्टहरु