चीन भन्दा नेपाल – भारतका मुस्लिम बढी स्वतन्त्र: जसपा प्रवक्ता पठान


कपिलवस्तु । चीनले मुस्लिम समुदायकाे स्वतन्त्रतामाथि बारम्बार गरिरहेका प्रहार विरुद्ध नेपाल सरकारले पनि युएनमा आवाज उठाउनु पर्ने मुस्लिम नेता अकरम पठानले बताउनुभएकाे छ ।
जनता समाजबादी पार्टी लुम्बिनीका प्रवक्तासमेत रहनुभएका नेता अकरम पठानले चिनियाँ दमन बिरुद्ध प्रतिक्रिया दिदै नेपाल र भारतमा बसाेबास गर्ने मुस्लिम समुदाय अधिक स्वतन्त्र एवं सुरक्षित महसुस गरिरहेकाे बताउनुभयाे । भारतमा लगभग बीस कराेड मुस्लिम धर्मावलम्बी छन, त्यस्तै नेपालमा पनि कुल जनसंख्याकाे चार प्रतिशत छन । लुम्बिनी प्रदेशमा धेरै संख्यामा मुस्लिम समुदायका नेपाली स्वतन्त्रतापुर्वक बसाेबास गरिरहेका छन । तिनका हकहितका लागि मुश्लिम आयाेग छ जुन सक्रियताका साथ काम गरिरहेकाे छ । तर, चीनमा बर्षाैंदेखि दासत्वका जीवन व्यातित गरिरहेका उईगुर मुस्लिमकाे हकहितका लागि कुनै अन्तर्राष्ट्रिय संस्थाले आवाज उठाउन नसकेकाेले उनीहरु अहिलेपनि दमन खेपिरहेका छन ।
प्रवक्ता पठानले चिनियाँ शासकहरुले सिजियाङ्ग प्रान्तका उईगुर मुस्लिमलाई बन्धक बनाएर काममा लगाउने र दास जस्तै राख्ने गरेकाले मुस्लिम आयाेग तथा सरकार दुवैले अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउनु पर्ने बताए । सभार कपिलवस्तु टाइम्स डटकमबाट






















