मुख्य समाचार

एसिड आक्रमण विरुद्धकी अभियान्ता मुस्कानले नवलपुरको कावासोतीमा गरिन् अभिमुखीकरण(तस्बिर सहित)

नवलपुर टुडे
२०७९ मंसिर २९ | बिहान ०८:०८ बजे

नवलपुर, मंसिर २९ । नवलपुर जेसीजले कावासोतीका दुई विद्यालयमा एसिड आक्रमणविरुद्ध कार्यक्रम गरेको छ । एसिड आक्रमणविरुद्धको अभियान सञ्चालन गर्दै आएकी विरगञ्जकी मुस्कान खातुनले आफ्ना अनुभव सहित किशोरी विद्यार्थीहरुसँग अन्तरक्रियात्मक अभिमुखिकरण गरेकी हुन् ।

खातुनले एसिड आक्रमण विशेष गरी किशोरीहरुमाथी हुने गरेको बताईन् । उनले किशोरावस्थामा अपराधिक मानसिकताका युवाले युवतीको सुन्दरताको लालचमा पर्ने र किशोरीबाट प्रेम प्रस्ताव अस्वीकार हुँदा प्रायः यस्ता घटना हुने गरेको बताईन् । उनले यस्ता घटना धेरैजसो सिमान्तकृत परिवार वा घटनापछि समाजमा आवाज उठाउन नसक्ने, शक्तिको आडमा घटनालाई निस्क्रिय पार्न सकिने ठानेर आक्रमण हुने गरेको पाईएकोले ग्रामीण क्षेत्रका किशोरी युवतीहरुका साथै विद्यार्थी उमेर समूहका छात्राहरु होसियार हुनुपर्ने बताईन् ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरका सहायक प्रहरी निरीक्षक विन्दु विश्वकर्माले कानूनी कार्वाही लगायत पछिल्लो समय साइवरका माध्यमबाट अपराधमा वृद्धि भएकाले किशोरी युवतीहरु सतर्क रहनुपर्ने बताईन् । जेसीज नवलपुरको आयोजना तथा रोट्रयाक्ट क्लव अफ नवलपुर सिटी र जागृति बाल तथा युवा सरोकार नेपालको सह–आयोजनामा शहिद स्मृति माध्यमिक विद्यालय र लुम्विनी आवासीय माध्यमिक विद्यालयमा भएका कार्यक्रमको अध्यक्षता नवलपुर जेसीजकी अध्यक्ष राधिका भुसालले गरेकी थिईन् ।

भुसालले किशोरी युवतीहरुलाई सचेतनाका लागि प्रभावकारी ठानेर जेसीजले सचेतनामूलक तथा उत्प्रेरणात्मक कार्यक्रमका रुपमा अभिमुखीकरण गरिएको बताईन् । कार्यक्रममा कावासोतीका सामुदायिक तथा संस्थागत विद्यालयबाट अन्तरक्रियामा सहभागी हुने किशोरी विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।IMG 20221215 081709 402 IMG 20221215 081704 713

कमेन्टहरु