राजनीति

प्रचण्ड र निवर्तमान सभामुख सापकोटा बीच भेटवार्ता

नवलपुर टुडे
२०७९ मंसिर २५ | मध्यान्ह ०१:०८ बजे

काठमाडौं, मंसिर २५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।

अध्यक्ष प्रचण्डलाई भेट्न बिहानै खुमलटार पुगेका सापकोटा बीच करिब एक घण्टा वार्ता भएको हो । सिन्धुपाल्चोक १ बाट सापकोटाकै भतिज माधव सापकोटा ‘सुवोध’ निर्वाचित भइसकेका छन् ।

सत्ता गठबन्धनमा राष्ट्रपति, प्रधानमन्त्री, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष र राष्ट्रियसभा उपाध्यक्षजस्ता पदहरू प्याकेजमै भागबण्डा मिलाउन प्रयास भइरहेको छ । त्यही बेलामा सापकोटा खुमलटार पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

सापकोटा ०७४ सालमा सिन्धुपाल्चोक १ बाट निर्वाचित भएका थिए । युवालाई छाड्ने भन्दै यो पटक सापकोटा चुनाव लडेनन् ।

कमेन्टहरु