राजनीति

नवनिर्वाचित सांसद विनोद चौधरी भारतका अर्थ राज्यमन्त्रीसँग भेटबार्ता

नवलपुर टुडे
२०७९ मंसिर २० | बिहान ११:०८ बजे

 

बुटवल । नवनिर्विाचित संसद तथा उद्योगपति विनोद चौधरी र भारतका अर्थ राज्यमन्त्री पंकज चौधरीबीच भेटवार्ता भएको छ । 

विनोद चौधरीले राज्यमन्त्रीसँगको भेटमा नवलपरासीको सर्वाङ्गीण विकास तथा रणनीतिक आयोजनाबारे छलफल भएको बताए । 

सामाजिक सञ्जालमा चौधरीले लेखेका छन् -‘पंकज चौधरीजीलाई भेटेर धेरै खुशी लाग्यो । मेरो निर्वाचन क्षेत्र पश्चिम नवलपरासीसँग जोडिएको भारतको महाराजगञ्ज युपीबाट प्रतिनिधित्व गर्दै भारतका अर्थ राज्यमन्त्री चौधरीसँग नवलपरासीको सर्वाङ्गीण विकास तथा रणनीतिक आयोजनाहरूबारे छलफल गर्न पाउँदा खुसी लागेको छ।’

कमेन्टहरु