राजनीति

सभा सदस्य दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश

नवलपुर टुडे
२०७९ मंसिर १९ | मध्यान्ह ०७:०८ बजे

बुटवल । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका उनी निर्विरोध निर्वाचित भएका थिए ।

मनाङेले आफ्नो उद्देश्य र एकीकृत समाजवादीको नीति, सिद्धान्त र विचार मेल खाएकाले एकीकृत समाजवादीमा प्रवेश गरेको बताए । ‘त्यसमा रहेका नेता कार्यकर्ताहरुको स्वच्छ छवि, मुलुकका लागि केही गरौं भन्ने धारणा र दृष्टिकोणबाट प्रभावित भई आजैका मितिदेखि नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीमा आवद्ध हुँदै उक्त पार्टीको मार्ग निर्देशन अनुरुप जनसेवामा सक्रिय रहने कुरा सबैमा हार्दिक अनुरोध गर्दछु’ मनाङेले सोमबार जारी विज्ञप्तिमा भनेका छन् ।

उनलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । प्रदेश सरकारको पहिलो कार्यकालमा उनी एमाले नेतृत्वको सरकार ढाल्न निर्णायक भूमिकामा थिए। पछि उनी कांग्रेस नेतृत्वको सरकारमा आएका थिए ।

उनलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् ।

मनाङेको विज्ञप्ति

photo 2022 12 05 19 07 49

कमेन्टहरु