दोलखा प्रदेश सभा १ बाट कांग्रेसका काफ्ले निर्वाचित

नवलपुर टुडे


दोलखा । दोलखा प्रदेश सभा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दराज काफ्ले निर्वाचित भएका छन् । कांग्रेसका उम्मेदवार काफ्ले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई ७ हजार ८७५ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।
काफ्लेले २३ हजार २३१ मत पाएका छन् । नेकपा एमालेका श्रेष्ठले १५ हजार ३५६ मत प्राप्त गरेका छन् ।काफ्लेले २०५५ सालमा पशुपति क्याम्पसबाट विद्यार्थी राजनीति सुरु गरेका थिए । २०६० सालमा पशुपति क्याम्पस स्ववियू सभापति बनेका काफ्ले २०६१ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य बने ।
त्यसैगरी २०६४ सालमा नेपाल विद्यार्थी संघ केन्द्रीय कोषाध्यक्ष बनेका काफ्ले २०७३ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय महामन्त्री बनेका थिए । नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि हुँदै कांग्रेसको १३ औं महाधिवेशनमा जिल्ला पार्टी सभापतिको प्रत्यासी बनेका थिए ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्य चुनिएका उनी २०७९ को आम निर्वाचनमा दोलखा प्रदेश ‘१’ बाट बागमती प्रदेश सदस्यमा विजयी बनेका हुन् ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















