माओवादी पदाधिकारी बैठकमा विशेष महाधिवेशनको माग

नवलपुर टुडे


काठमाडौ । नेकपा माओवादी केन्द्रको बैठकमा विशेष महाधिवेशनको माग भएको छ । चुनावी समीक्षा गर्नका लागि बोलाइएको पदाधिकारीको अनौपचारिक बैठकमा केही नेताहरूले विशेष महाधिवेशनको माग गरेका हुन् ।
चुनावमा पार्टीको समग्र अवस्था खस्किएको देखिएको भन्दै केही पदाधिकारीले विशेष महाधिवेशनमार्फत पार्टीलाई ‘रिफर्म’ गरिनुपर्ने धारणा राखेका हुन् । उनीहरूले कतिपय स्थानमा गठबन्धन भएपनि मत ट्रान्सफर नहुँदा पार्टी हार्ने अवस्थामा पुगेको भन्दै यसको गम्भीर समीक्षा हुनुपर्नेमा पनि पदाधिकारीहरूले जोड दिएका थिए ।
यस्तै पार्टी संगठनलाई चुस्त बनाइनुपर्ने तथा आफ्नै संगठनको बलमा जित्ने अवस्थाको सिर्जना गरिनुपर्नेमा पनि नेताहरुले धारणा राखेका थिए । पार्टी पदाधिकारीले राखेको धारणाको सबै टिपोट प्रचण्डले गरेको एक नेताले बताए । ‘पार्टीले किन हार्यो ? किन मत कम आयो ? भनेर पनि पदाधिकारीको मत आएको छ’, बैठकपछि एक नेताले भने, ‘ती सबै मतलाई प्रतिवेदनको रुपमा प्रचण्डले तयार गर्ने छन् । त्यसपछि स्थायी समिति बैठकमा छलफल हुने भएको छ ।’
बैठकमा टिकट नपाएकाले किन नदिएको भन्दै नेतृत्वलाई प्रश्नसमेत गरेका थिए । यस्तै टिकट पाएर हारेकाले भने देशी विदेशी षडयन्त्रबाट आफू पराजित भएको बताएका थिए । यस्तै अन्तर्घातको विषय पनि बैठकमा उठेको बताइएको छ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















