राजनीति

माओवादी केन्द्रको पदाधिकारी बैठक दिउँसो २ बजे बस्दै

नवलपुर टुडे
२०७९ मंसिर १८ | बिहान ०९:०८ बजे

काठमाडौ । सत्तारुढ दल नेकपा (माओावादी केन्द्र) को पदाधिकारी बैठक आजपनि बस्दैछ ।

बैठकमा अब बन्ने नयाँ सरकार निर्माणका बारेमा छलफल र गत निर्वाचनको समीक्षा हुनेछ । शनिवार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले माओवादीको नेतृत्वमा सरकारमा जान विकल्प खुला गरेको बताएको थियो ।

आजको बैठकले पनि सरकारमा जानका लागि गठबन्धनलाई नै निरन्तरता दिने वा नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने भन्ने बारेमा छलफल गर्ने जनाइएको छ । बैठक दिउँसो २ बजेपछि पार्टी कार्यालयमा पेरिसडाँडामा बस्नेछ ।

कमेन्टहरु