सांसद चौधरीद्वारा विकासका लागि पालिकामा पुगेर छलफल सुरु


नवलपरासी, १७ मङ्सीर । संघीय सांसद विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रको चौतर्फी बिकासका काम अघि सुरु गर्नुभएको छ । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं १ बाट निर्वार्चित प्रतिनिधि सभा सदस्य चौधरी आफ्नो निर्वाचन क्षेत्रलाई चौतर्फी रुपमा बिकास तथा सम्बृद्धि तर्फ अघि बढाउन सवै पालिकामा पुगेर छलफल अघि बढाउनुभएको हो ।
चौधरीले पहिलो चरणमा बर्दघाट नगरपालिका, प्रतापपुर गाउंँपालिका र सुस्ता गाउंँपालिकामा जनप्रतिनिधीहरु संग छलफल गरी बिकासका लागी काम अघि बढाउनुभएको छ । चौधरीले छिट्टै सरावल गाउंँपालिकाका जनप्रतिनिधी संग समेत छलफल गरिने कार्यक्रम छ । चौधरीले छलफलको क्रममा यस क्षेत्रको चौतर्फी विकासका लागि पालिकाहरु संग समन्वय गरी यस क्षेत्र भौतिक पुर्वाधारसहित शिक्षा, स्वास्थ्य, खानेपानी, स्वरोजगार लक्षीय योजनाहरु प्राथमिकताका साथ अघि बढाईने चौधरीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आफ्नो निर्वाचन क्षेत्रमा हालसम्म निर्माणाधिन अवस्थामा रहेको विभिन्न सडक सन्जाल, पुल, बाटो घाटोसहित विभिन्न योजनाहरुलाई तत्काल प्रभावकारी रुपमा कार्यान्वयन गर्न आफु यस क्षेत्र केन्द्रित हुने चौधरीले बताउनुभयो ।
योपनि
फरक क्षमता भएका समुदायलाई राज्यले उचित स्थान दिनुपर्ने: सांसद चौधरी
नवलपरासी, १७ मङ्सीर । नेपाली कांग्रेसका नेता एवंम् संघीय सांसद बिनोद चौधरीले फरक क्षमता भएका (अपाङ्ग) समुदायलाई राज्यले उचित स्थान दिनुपर्ने बताउनुभएको छ । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं १ बाट निर्वार्चित प्रतिनिधि सभा सदस्य चौधरीले आज चौधरी फाउण्डेसनले बर्दघाट नगरपालिका भित्र रहेका फरक क्षमता भएका व्यक्तिहरुलाई उपलब्ध गराएको सहायता सामाग्री हस्तान्तरण गर्दै यस्तो बताउनुभएको हो ।
यो देशको चौतर्फी बिकासमा फरक क्षमता भएका (अपाङ्ग) सामुदायको उत्तिकै महत्व रहेको जिकिर गर्दै सांसद चौधरीले फरक क्षमता भएका (अपाङ्ग) सामुदायको उचित सहयोग र सहकार्य गर्न राज्य थप लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
सो क्रममा चौधरी फाउण्डेसका सचिव सारिका चौधरीले फाउण्डेसन हरेक नेपालीको खुस दुखमा साथमा रहदै आएको र आगामी दिनमा पनि सक्दो सहयोग गर्ने बताउनुभयो । ३१औं अन्तराष्ट्रिय अपाङ्ग दिवस २०७९ को अवसर पारेर चौधरी फाउण्डेसनले बर्दघाट नगरपालिका र सुस्ता गाउंँपालिकामा विभिन्न सहायता सामाग्री (हृवीलचेयर, एयरफोन, वालकर, सेतोछडी, बैशाखी) लगायतका सामाग्री उपलब्ध गराएको छ ।
तस्विर: बर्दघाटमा सामाग्री हस्तान्तरण गर्दै सांसद चौधरी र चौधरी फाउण्डेसका सचिव सारिका चौधरी लगायत ।
























