आम निर्वाचन समीक्षाका लागि माओवादीको पदाधिकारी बैठक बस्दै

नवलपुर टुडे
२०७९ मंसिर १७ | बिहान ११:०८ बजे

काठमाडौं, मंसिर १७ । मंसिर ४ मा सम्पन्न आम निर्वाचनको समीक्षा गर्न आज नेकपा माओवादी केन्द्रको बैठक बस्दैछ । दिउँसो ३ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठकमा निर्वाचनको समीक्षासँगै सरकार गठनबारे छलफल हुने बताइएको छ।
आजको पदाधिकारी बैठकमा पहिलो चरणमा प्रधानमन्त्री नपाए सरकार सहभागी हुने की नहुने भन्नेबारे पनि छलफल हुने बताइएको छ । आम निर्वाचनमा माओवादीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १७ सिट जित्दा १ स्थानमा अग्रता बनाएको छ। यस्तै, उसले प्रदेशसभामा ६३ सिट जितेको छ।
समानुपातिकमा अपेक्षाभन्दा निकै कम मत पाएको माओवादीले अहिलेसम्म ११ लाख ६१ हजार ८ सय ७८ मत प्राप्त गरेको छ। यो एमाले र कांग्रेसको भन्दा आधा भन्दा कम हो।






















