राजनीति

प्रधानमन्त्री देउवा र सिके राउतबीच भेटवार्ता, सरकारमा सहकार्य गर्ने सहमति

नवलपुर टुडे
२०७९ मंसिर १५ | मध्यान्ह ०६:०८ बजे

काठमाडौं, मंसिर १५ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष डा.सिके राउतबीच भेटवार्ता भएको छ । बिहीबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा देउवा र अध्यक्ष राउतबीच भेटवार्ता भएको हो ।

भेटमा नेपाली कांग्रेसका उपसभापति र नेता विमलेन्द्र निधी पनि सहभागी थिए । भेटपछि निधीले ट्विट गर्दै सत्ता गठबन्धनमा जनमत पार्टी पनि संलग्न हुने सहमति भएको जानकारी दिएका छन् । ‘गठबन्धन र कांग्रेससँग संघीय र प्रदेश दुबैमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ,’ निधिले लेखेका छन् ।

निधि र राउतबीच बुधबार भेटवार्ता भएको थियो । निधीकै पहलमा प्रधानमन्त्री देउवासँग पनि भेटवार्ता भएको बुझिएको छ । 

कमेन्टहरु