राजनीति

मेरै नेतृत्वमा गठबन्धनको सरकार बन्छः वरिष्ठ नेता पौडेल

नवलपुर टुडे
२०७९ मंसिर १५ | बिहान ०८:०८ बजे

चितवन, मंसिर १५ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छिट्टै गठबन्धनको सरकार बन्ने बताएका छन् । आज विहान भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता पौडेलले गठबन्धनकै नयाँ सरकार बन्ने दावी गरेका हुन् ।

उनले गठबन्धन सरकारको नेतृत्व समेत आफैले गर्ने बताए । ‘मेरै नेतृत्वमा गठबन्धनको सरकार बन्छ, हामी छलफलमा छौं’–पौडेलले भने । उनले चुनाव अघि नै आफू भावी प्रधानमन्त्री भएको भन्दै प्रचार गर्दै आइरहेका थिए । उनले चुनाव जितेलगत्तै झनै दवाब बढाउँदै लगेका छन् ।

पौडेल देवघाट जानका लागि आज विहानै चितवन आइपुगेका हुन् । हाल गठबन्धन बाहेकको सरकार बनाउन विकल्प नभएकोले सबै गठबन्धनलाई निरन्तरता दिएरै अघि बढ्ने उनको भनाइ छ ।

कमेन्टहरु