एमाले कार्यालयमा स्वस्ति वाचनसहित ओलीलाई बधाई

नवलपुर टुडे


काठमाडौं, मंसिर १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिनिधिसभामा पुन:निर्वाचित भएपछि स्वस्ति शान्ति वाचन गराउँदै शुभकामना तथा बधाई दिइएको छ ।
पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलसमा मंगलबार एमालेको भातृसंगठन राष्ट्रिय जनसांस्कृतिक मञ्चले स्वस्ति शान्ति वाचन गराउँदै शुभकामना तथा बधाई दिएको हो । स्वस्ति वाचनपछि पण्डित वृहङगमराज तिमल्सिनाले अध्यक्ष ओलीलाई रुद्राक्षको माला लगाइदिएका थिए।
कार्यक्रममा महासचिव शंकर पोखरेल, कार्यालय सचिव डा. भीष्मराज अधिकारीलगायत नेताहरु उपस्थित रहेको थियो । मंसिर ४ गते भएको निर्वाचनमा ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
उनले ५७ हजार १ सय ३१ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याएका थिए ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















