सीके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय दल बन्ने निश्चित, नेकपा एसलाई मुस्किल

नवलपुर टुडे


काठमाडौं, मंसिर १३ । सीके राउत नेतृत्वको जनमत पार्टी पहिलो संसदीय चुनावबाटै राष्ट्रिय दल बन्ने निश्चित भएको छ । ९६ लाख ४७ हजार ४१० मत गन्दा जनमत पार्टीले ३ लाख १६ हजार ५९२ मत ल्याएर राष्ट्रिय पार्टी बन्ने निश्चित भएको हो ।
पछिल्लो मतपरिणामअनुसार २६ लाख ७ हजार ४७२ मत ल्याएर नेकपा एमालेले अग्रता कायमै राखेको छ भने २४ लाख ७० हजार २३४ ल्याएर कांग्रेसले पछ्याइरहेको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ११ लाख ९ हजार ७७९, चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ७९ हजार ९४, पाँचौ स्थानमा रहेको राप्रपाको ५ लाख ५४ हजार ७५७ र छैटौं स्थानमा रहेको जसपाको ३ लाख ६७ हजार ७६० मत रहेको छ ।
यस्तै, आठौं स्थानमा रहेको जनमत पार्टीले थ्रेसहोल्ड कटाउँदै गर्दा माधव नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० लाई धौधौ परेको छ । नेकपा एसले २ लाख ६८ हजार ४७९ मत ल्याएको छ। प्रत्यक्षमा १० सीट जिते पनि नेकपा एस राष्ट्रिय दल बन्न हम्मेहम्मे परेको छ । प्रत्यक्षतर्फ कम्तीमा एक सीट जितेर समानुपातिकतर्फ खसेको मतको तीन प्रतिशत कटाएपछि मात्रै राष्ट्रिय दल बन्न पाउने कानूनी व्यवस्था छ ।
यस्तै, नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार ५६१ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ३८ हजार ६९८ मत ल्याएको छ ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















