कपिलवस्तु ३ मा एमालेका मंगल प्रसाद गुप्ता निर्वाचित

नवलपुर टुडे


कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं ३ को प्रतिनिधी सभामा नेकपा एमालेका उम्मेदवार मंगल प्रसाद गुप्ता बिजयी हुनुभएको छ । एमाले उम्मेदवार गुप्ताले २२ हजार ६ सय १९ मत प्राप्त गरि बिजयी हुनु भएका हो । कांग्रेस उम्मेदवार शाहले १८ हजार ९ सय ८२ मत प्राप्त गरेका थिए । एमाले उम्मेदवार मंगल प्रसाद गुप्ताले ३ हजार ६ सय ३७ मतान्तरले नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाहलाई हराएका हुन् ।
यस्तै कपिलवस्तु ३ को प्रदेश सभा १ मा नेकपा एमालेका अर्जुन कुमार केसीले ११ हजार ७ सय ३५ मत ल्याउनु भएको छ । केसीको निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रबिदत्त मिश्राले ११ हजार ७ सय २८ मत प्राप्त गर्नु भएको थियो ।
मतगणनाको सुरुवाती चरण देखि नै अगाडी देखिएका केसी ७ मतान्तरले बिजयी भएका हुन् । लोसपाका कार्यकर्ताले विरोध गरेपछि निर्वाचन अधिकृतले आधिकारिक घोषणा गरेको छैन । लोसपाका कार्यकर्ताले मतगणनामा धाधली भएको भन्दै नाराबाजी गरेका थिए ।
खसेको मत गणना गर्दा १६४ मत नभेटेपछि विबाद भएको थियो । हराएको १६४ मत समानुपातिक मत पेटिकामा गएको हुन सक्ने भएको शंका गरिएको निर्वाचन अधिकृत प्रकाश मरासिनीले जानकारी दिनुभयो ।
प्रदेश समानुपातिक मत पेटिकामा प्रत्यक्ष प्रदेश तर्फको ४ मत भेटिएको अधिकृत मरासिनीले बताउनु भयो । समानुपातिक मतगणना चलिरहेको र शनिबार विहानसम्म सकिने अनुमान गरिएको छ ।
यस्तै कपिलवस्तु जिल्लाकाे क्षेत्र नम्बर ३ काे १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जानकी प्रसाद यादव विजयी हुनुभएको छ । यादवले ८ हजार ५ सय ८२ मतका साथ बिजयी भएका हुन । नेकपा एमालेका उम्मेदवार रजाउ रहमान खानले ७ हजार ९ सय ७ मत ल्याउनु भएको थियो ।
जानकी यादवले ६ सय ७५ मतान्तरका साथ नेकपा एमालेका उम्मेदवार रजाउ रहमान खानलाई हराउनु भएको छ ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















