नवलपरासी २ मा पूर्व गूहराज्यमन्त्री कँडेललाई हराउँदै पूर्वआइजीपी प्रधान विजयी

नवलपुर टुडे
२०७९ मंसिर ९ | बिहान १०:०८ बजे

नवलपरासी, मंसिर ९ । पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं. २ बाट राप्रपाका ध्रुवबहादुर प्रधान निर्वाचित भएका छन् । पूर्वआइजीपीसमेत रहेका प्रधानले नेपाली कांग्रेसका देबेन्द्रराज कँडेललाई १५ हजार ३६५ को फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।
प्रधानले ३४७५९ मत पाएका छन् भने पूर्व गृहराज्यमन्त्रीसमेत रहेका कँडेलले १९५९४ मत पाएका छन् । यस्तै एमालेका दीपेन्द्रकुमार अधिकारीले १४४९८ मत पाएर तेस्रो स्थान हासिल गरे । उक्त क्षेत्रमा कुल १ लाख २२ हजार ६८० मत रहेकोमा ८८ हजार ५२३ मत खसेको थियो ।






















