पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट बिनोद चौधरी निर्वाचित

नवलपुर टुडे
२०७९ मंसिर ९ | बिहान ०८:०८ बजे

परासी । नवलपरासी पश्चिम–१ बाट नेपाली कांग्रेसका विनोद चौधरी निर्वाचित भएका छन् ।
बिहीबार राति आएको मत परिणाम अनुसार चौधरीले २९ हजार ४९५ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २२ हजार ३०८ मत पाएका छन् ।
त्रिपाठीलाई नेकपा एमालेको साथ थियो । तेस्रो स्थानमा रहेका नेपाल स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार ४९९ मत पाए ।






















