लुम्बिनीका ऊर्जामन्त्री वीरबहादुर राना पाल्पाबाट प्रदेशसभामा विजयी

नवलपुर टुडे


पाल्पा । पाल्पा २ (क) मा नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर राना विजयी भएका छन् । कांग्रेस उम्मेदवार रानाले नेकपा एमालेका उम्मेदवार परशुराम भट्टराईलाई पराजित गरेका हुन् ।
रानाले १६ हजार ३९ मत पाएका छन भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भट्टराईले १३ हजार ९ सय ६४ मत पाएका छन् । मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले कांग्रेस उम्मेदवार रानालाई विजेता घोषणा गरेका हुन् ।
विजेता नेपाली कांग्रेसका राना ०७४ मा लुम्बिनी प्रदेशको समानुपातिक प्रणालीबाट प्रदेशसभामा मनोनित भएका थिए । हाल उनी लुम्विनी प्रदेशको सरकारको उर्जा जलश्रोत तथा सिंचाई मन्त्रीसमेत रहेका छन् ।
प्रदेशसभा निर्वाचनमा मंगोल नेशनल अर्गनाइजेशनका लक्ष्मण गाहाले १ हजार ५ सय ९७, राष्ट्रिय प्रजातन्त्र पाटीका राजु गैरेले १ हजार ५ सय २०, राष्ट्रिय जनमुक्ति पाटीका टेक बहादुर राना मगरले ३ सय ५१, जनता समाजवादी पार्टीका खिकबहादुर रेश्मीले १ सय ६३ र नेपाल मजदुर किसान पाटीका माधव अधिकारीले ७७ मत पाएका छन् ।
पाल्पा १ (क) मा २३ वटा वडामा ५६ हजार १ सय २० मतदाता रहेकोमा ३४ हजार ५ सय २१ मत खसेको थियो । जसमा ३३ हजार ७ सय ११ मत सदर र ८ सय १० मत बदर भएको थियो ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















