सर्लाही ४ (ख) मा माओवादीका महतो विजयी

नवलपुर टुडे


सर्लाही । सर्लाही ४ (ख) मा सत्ता गठवन्धनकाबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका फकिरा महतो विजयी भएका छन् ।
महतोले ८ हजार ३३ मत ल्याएर विजयी भएका हुन् । माओवादीका महतोले स्वतन्त्र उम्मेदवार अनिता देवीलाई ३ सय ५७ मतान्तरले पछि पार्दै जित हाँसिल गरेका हुन् ।
सुरुदेखी नै महतोलाई पच्छ्याई रहेकी अनिता देवीले ७ हजार ६ सय ७६ मत प्राप्त गरिन् । यस्तै जनमत पार्टीका संजय सिंहले ५ हजार १ सय ४७ र स्वतन्त्र उम्मेदवार श्रीचन यादवले ३ हजार ५ सय ४४ मत मात्र प्राप्त गरेका छन् ।
यसअघि प्रदेश सभा (क) मा नेपाली कांग्रेसका बिरेन्द्रप्रसाद सिंह विजयी भइसकेका छन् ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















