राजनीति

गण्डकीमा कांग्रेसबाट विन्दुकुमार थापा विजयी

नवलपुर टुडे
२०७९ मंसिर ८ | बिहान ०८:०८ बजे

पोखरा । गण्डकी प्रदेश सभा सदस्यमा कांग्रेसका विन्दुकुमार थापा विजयी भएका छन् । थापा कास्की २ (२) मा एमालेकी मीना गुरुङलाई पराजित गर्दै विजयी भएका हुन् ।

उनी कांग्रेसबाट गण्डकी प्रदेशका मुख्यमन्त्रीका दाबेदार समेत हुन् । उनी सँगै कांग्रसबाट सुरेन्द्र पाण्डे मुख्यमन्त्रीका दाबेदार छन्  । पाण्डे पनि प्रदेशसभामा निर्वाचित भइसकेका छन् । थापाले १ हजार ३ सय १० मतान्तरले गुरूङलाई पराजित गरेका हुन् ।

उनले ९ हजार २ सय ७९ ल्याउदा र एमालेकी गुरूङले  ७ हजार ९ सय ७९ मत प्राप्त गरिन् । थापा दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् र उनी गण्डकी प्रदेशका कानुन मन्त्रीसमेत हुन् ।

कमेन्टहरु