राजनीति

स्वतन्त्र उम्मेदवार द्विवेदीको घरदैलो अभियान तिब्र, मतदाताद्वारा ठाउँ ठाउँमा विजयीको टिका

नवलपुर टुडे
२०७९ कार्तिक २७ | मध्यान्ह ०८:०७ बजे

पर्सा, कार्तिक २७ । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने वीरगंज महानगरपालिका वडा नम्बर ७ मा स्वतन्त्र उम्मेदवार अजय द्विवेदीको घरदैलो अभियान तीव्रता भएको छ । आइतवार साझ घरदैलो अभियान अन्तर्गत वडा नम्बर ७ मा पुगेका अजय द्विवेदीलाई स्थानीय मतदाताहरुले अग्रिम जितको टिकासमेत लगाएका छन ।

बिगत ५ बर्षदेखी मधेस प्रदेशमा बढ्दै गएको भ्रष्टाचारको बिरुद्धमा स्वतन्त्र उम्मेदवारी दिएका अजय द्विवेदीलाई स्थानीय मतदाताहरु स्वागत गर्दै अग्रिम विजयीको टिका लगाएका हुन । यसपालि मछली छापमा मतदान गरी प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारलाई जिताउने स्थानीय मतदाताले आश्वासन दिएका हुन । स्थानीय मतदाताका अनुसार बिगत ५ बर्षदेखी क्षेत्रमा गुन्डाराज मौलाएको छ, त्यो गुन्डाराज समाप्त पार्नको लागि यसपालि स्वतन्त्र उम्मेदवार द्विवेदीलाई नै निर्वाचित गराउने प्रतिवद्धतासमेत जाहेर गरेका छन ।

यता स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले यसपालीको निर्वाचनमा जनता आफै चुनाव लडेको र जनता नै निर्वाचित हुने बताउनु भयो । उहाँले यसपालि जनताले आफ्नो अधिकार खोजेको छ, जनताले बिगत ५ बर्षको हिसाब खोजेको छ, जनताले आफ्नो अधिकार सुनिश्चित गर्न खोजेको छ, त्यस कारण जनता यसपालीको निर्वाचनमा आफै निर्वाचित हुने दावी गर्नुभयो ।

कमेन्टहरु