राजनीति

नवलपरासीमा एमालेका अमिरुल्लाह मियाँसहित ४२ जना कांग्रेसमा प्रवेश, एमालेलाई ठूलो धक्का

नवलपुर टुडे
२०७९ कार्तिक २६ | मध्यान्ह ०४:०७ बजे

परासी । पश्चिम नवलपरासीमा काङ्ग्रेस प्रति जनताहरुको आकर्षक बढ्दै पछि शुक्रवार परासीमा नेकपा एमाले पार्टी परित्याग गरि अमिरुल्लाह मियाँसहित ३२ जना एमालेका कार्यकर्ताहरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन भने १० जना विभिन्न पार्टी छोडी काङ्ग्रेसमा प्रवेश गरेका छन।

नेपाली काङ्ग्रेस रामग्राम – २ कार्यसमितिको पार्टी प्रवेश कार्यक्रममा काङ्ग्रेसका केन्द्रिय सदस्य पुर्ब गृह राज्यमन्त्री देबेन्द्र राज कंडेलले खादा माला लगाई नेता अमिरुल्लाह मियाँसहित कुल ४२ जनालाई पार्टीमा प्रवेश गराउनु भएको हो।

पार्टी प्रबेश कार्यक्रममा ३२ जना एमाले र १० जना विभिन्न पार्टी परित्याग गरि काङ्ग्रेसमा प्रवेश गरेको नगर सभापति श्रीधर बस्यालले नवलपुर टुडेलाई जानकारी दिनु भयो। अमिरुल्लाह मियाँ गएको स्थानीय निर्वाचनमा एमालेबाट वडाअध्यक्ष पदमा लडेका थिए। उनको जिल्लामा राम्रै पकड रहेकोले नेकपा एमालेले जिल्ला कमेटीमा स्थान दिने आश्वासन दिएको थियो ।

तर, नेकपा एमाले पार्टीमा रहेर जनतालाई झुट बोली आफ्नै टाउकोमा ढुङ्गा हान्नु भन्दा देश बिकास र जनताको हकअधिकार सुनिस्चितता नेपाली कांग्रेसले मात्र दिन सक्ने भएकोले एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रबेश गरेको उनले बताए । पार्टी प्रवेश पछि नेता अमिरुल्लाह मियाँले अन्त धेरै भट्के तर अब आफ्नै पुरानो घरमा फर्केको र यहि पार्टी हामी सबैको हितमा रहेको जिकिर गर्नु भयो।

कार्यक्रमको प्रमुख अतिथीसमेत रहेका नेता कंडेलले, काङ्ग्रेस पार्टी लोकतन्त्र र संविधानको रक्षा गर्ने पार्टी रहेकाले यो बाहेक अरु पार्टीमा जनताको भलो नहुने बिचार ब्यक्त गर्नु भयो।

कार्यक्रममा काङ्ग्रेसका पुर्ब क्षेत्रीय सभापति एव रामग्रामका पुर्ब मेयर नरेन्द्र गुप्ता, पार्टीका पुर्ब जिल्ला सचिब गजानन्द पटेल, प्रतिनिधि तर्फ समानुपातिक उम्मेदवार अयोध्या यादब, प्रदेश तर्फ समानुपातिक उम्मेदवार राधेश्याम पाठक, नगर सभापति श्रीधर बस्याल लगायतले मन्तव्य राखे । कार्यक्रमा विभिन्न नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

कमेन्टहरु