राजनीति

स्वतन्त्र उम्मेदवार द्विवेदीको पक्षमा समर्थनको लर्को

नवलपुर टुडे
२०७९ कार्तिक २४ | मध्यान्ह ०८:०७ बजे

पर्सा, २४ कात्तिक । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार अजय द्विवेदीको पक्षमा समर्थन गर्न थालेको लर्को नै देखिन थालिएको छ ।

निर्वाचन नजिक्दै जादा स्वतन्त्र उम्मेदवारी दिएका तथा पार्टीका उम्मेदवारहरुले द्विवेदीको पक्षमा समर्थन जनाउन थालेपछि स्वतन्त्र उम्मेदवार अजय द्विवेदीको जित हुने आकल्न लगाउन थालिएको हो ।

बुधवार जनमत पार्टीका उम्मेदवारले स्वतन्त्र उम्मेदवार द्विवेदीलाई समर्थन जनाएका थिए भने बिहिवार एक कार्यक्रमका बिच जनता प्रगतिशिल पार्टी पनि द्विवेदीको पूर्ण समर्थन गरेको घोषणा समेत गरिएको छ । बिहिवार एक कार्यक्रमको आयोजना गर्दै जनता प्रगतिशील पार्टीका केन्द्रिय महासचिव तथा पर्सा क्षेत्र नम्बर २(ख)का बिधायक पदका उम्मेदवार भरत भुषण पाण्डेले पूर्ण रुपले स्वतन्त्र उम्मेदवार अजय द्विवेदीलाई समर्थन गरिएको जनाएका छन ।

दिन प्रतिदिन उम्मेदवारहरुले स्वतन्त्र उम्मेदवार अजय द्विवेदीको पक्षमा समर्थन जुट्न थालेपछि मंसिर ४ गतेको निर्वाचनमा द्विवेदी निर्वाचित हुने आक्लन गर्न थालिएको छ ।

कमेन्टहरु